१४ असार २०८१, बिहीबार
Follow Us

मे महिनामा अमेरिकामा दुई लाख ७२ हजार रोजगारी थपियो

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०८१, शनिबार ०६:५३

अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ ।

गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता–सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै रोजगारीदाताहरूले आफ्ना ग्राहकहरूको माग पूरा गर्नका लागि नियुक्तिहरू जारी राख्नुपरेको छ ।

श्रम विभागले शुक्रबार बेरोजगारी दर अझै पनि चार प्रतिशतभन्दा कम तीन दशमलव नौ प्रतिशतमा पुगेको बताएको छ । यसबाट बेरोजगारीको २७ महिनाको सिलसिला चार प्रतिशतभन्दा कम भएको छ । यो सन् १०६० को दशकपद्धि यस्तो प्रकारको सबैभन्दा लामो दौडसँग मेल खान्छ ।

राष्ट्रपति जो बाइडेनले रोजगारीको रिपोर्टलाई आफ्नो प्रशासनअन्तर्गत अर्थतन्त्रको बलियो स्वास्थ्यको सङ्केतका रूपमा औँल्याउन सक्ने सम्भावना छ ।

रिपब्लिकनबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले मुद्रास्फीतिमा भएको वृद्धिमा बाइडेनको आर्थिक नीतिहरूको आलोचनालाई केन्द्रीत गर्नुभएको छ । सर्वेक्षणले अर्थतन्त्रका बारेमा मतदाताहरूको आकलनमा अहिले पनि भारी असर परेको देखाउँछ ।