लन्डन । ४ वर्ष पछि पहिलोपटक बैंक अफ इंग्ल्यान्डले ब्याजको आधार दर घटाए पछि घर किन्नेहरुको लागि राहत हुने भएको छ ।
बैंकले विहिबार यसअघिको ५ दशमलव २५ प्रतिशतमा शून्य दशमलव २५ प्रतिशत घटाउँदै नयाँ दर ५ प्रतिशत निर्धारण गरेको हो ।
मर्गेजम्याटर यूकेका प्रमुख ऋषि खनालले बैंकको पछिल्लो निर्णयले अब घरजग्गाको व्यापारमा सहजता हुने संकेत गरेको बताए ।
बेलायतमा सन् २०२० मार्चमा कोभिड महामारी शुरु भएयता बैंक अफ इंग्ल्यान्डले पहिलोपटक दर घटाएको हो । बैंकको व्याजदर घट्दा ट्रयाकर रेटमा रहेकाहरुलाई तुरुन्तै राहत मिल्ले र फिक्स रेटमा घर खरिद गरेकाहरुले भने केही समय कुर्नु पर्ने खनालले जानकारी दिए ।
यसअघि बेलायतमा ब्याजदर पछिल्लो १६ वर्षकै उच्च रेकर्ड भएको थियो । खनालले आगामी ६ हप्तामा बैंक अफ इंग्ल्यान्डले फेरि व्याज दरको पुर्नारवलोकन गर्दा थप व्याज दर कटौती हुन सक्ने बताए ।
बैंक इफ इंग्ल्यान्डका प्रमुख एन्ड्यू बेलीले न्यून मुद्रास्फिति कायम रहन महत्वपूर्ण रहने भन्दै ‘इन्ट्रेस्ट रेट’ घटाउन धेरै हतार गर्नु उचित नरहने बताए ।
९ जनाको व्याज दर पुर्नरावलोकन समिति मध्ये ५ जनाले व्याज दर कटौतीको पक्षमा आफ्नो मत राखेका थिए । बैंक इफ इंग्ल्यान्डले व्याज दरमा कटौती गरे पछि घरको भाउ बढ्ने अपेक्षा गरिएकोछ ।