२९ भाद्र २०८१, शनिबार
Follow Us

एनआरएनए केन्द्रीय समितिको बैठक विहिवार बस्ने

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०८१, मंगलवार १४:१२

लण्डन। सर्वोच्च अदालतको मंगलवारको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले केन्द्रीय समिति (आइसीसी) को बैठक बोलाएका छन् ।

संघका महासचिव गौरीराज जोशीका अनुसार अदालतको पछिल्लो फैसलाको जानकारी दिने लगायतका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक विहिबार बस्न लागेको हो ।
महासचिव जोशीले फैसलाले गैरआवासीय नेपाली संघको भावनलाई कदर गरेको भन्दै अब सबै पक्षसंग छलफल गरेर अघि बढ्ने बताए ।

मंगलबारको सर्वोच्चले केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न आदेश दिएको थियो।

सहकोषाध्यक्ष कृष्ण तिम्लसेनालगायतले दायर गरेको मुद्धामा सर्वोच्चले माग बमोजिमको रिट जारी गरेको थियो।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले निवेदकको माग बमोजिम फैसला गरेको हो।

बैठक बिहिबार बेलुका नेपाली ५ बजे बस्ने तय भएको छ । बैठकमा राष्ट्रिय समितिका अध्यक्षहरुलाई समेत आमन्त्रण गर्ने तयारी गरिएको छ ।

*यसअघि संघको बैठक बुधवार बस्ने भएकोमा सच्याईएको छ ।