सुनसरी । सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सरहरा आसपास क्षेत्रसहित कोसीका केही स्थानमा बुधबार बिहान भारी वर्षा भइरहेको छ ।
विभागका अनुसार पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा मापन भएको छ । विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
सर्दु ,सुनसरी खोला ,बुढी खोला, खेसलिया खोलालगायत अन्य स-साना खोलामा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागको आग्रह छ ।