२८ श्रावण २०८२, बुधबार
Follow Us

सत्ता समीकरण दलहरुको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०८१, शुक्रबार ०६:४५

काठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।

धेरै पढिएको