काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न एकजना पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले ठगी आरोपमा सुनिता नेवालाई पक्राउ गरेको हो ।
परिसरका एसपी नवराज अधिकारीले पक्राउ परेकी नेवा सहकारीकी लेखा समिति सदस्य हुन् । परिसरमा उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा ६४५ बचतकर्ताले जाहेरी दिएका छन् । उक्त सहकारीको अध्यक्ष जिबी राई थिए ।