काठमाडौं । प्रहरीले कुवेत पुर्याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्याएका थिए ।
कुवेत पुर्याएर ९०० केडी ९३ लाख ९४ हजार ६६२० मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका एसपी भावेश रिमालले जानकारी दिएका छन । ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उनीहरूमाथि छ ।
कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ । त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।
त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन । त्यसपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।