१७ कार्तिक २०८२, सोमबार
Follow Us

भारतीय विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८२, सोमबार ०६:५९

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदैछन्। प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आइतबार बिहान नेपाल आएका उनी पशुपति दर्शन गरेर दिल्ली फर्कन लागेका हुन्।

आइतबार काठमाडौँ आउनेबित्तिकै मिस्री उच्चस्तरीय भेटघाट गरेका थिए। उनले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेल, काङ्ग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग पनि छलफल गरेका छन्। उनले प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेर भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

विदेश सचिव मिस्रीले आइतबार साँझ परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउनेबारे छलफल भएको छ।

धेरै पढिएको