२७ असार २०८२, शुक्रबार
Follow Us

नेपाली नियोगबाट पुनः सुरु भयो राहदानी सेवा

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०८१, बिहीबार १२:४७

काठमाडौं । राहदानी विभागले विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ । विभागले नियोगलगायत २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी सेवा पुनः सुरु गरेको छ ।

अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनााएको छ । सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुनसकेको छैन ।

‘हालसम्म जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ । सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ ।

धेरै पढिएको