२६ श्रावण २०८२, सोमबार
Follow Us

दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८१, सोमबार १३:५३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको सिआईबी स्रोतले जानकारी दिएको छ ।

सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको स्रोतले जानकारी दिएको छ । यही प्रकरणमा झापाका हरिचन्द्र फुयललाई पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

बयानका क्रममा फुयलले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले ५ दुर्गाबाट लाख दिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । यसबारे केन्द्रित रहेर सीआईबीले प्रसाईंसँग पनि बयान लिएको एक उच्च अधिकृतले जानकारी दिएका छन ।

धेरै पढिएको