२५ असार २०८२, बुधबार
Follow Us

ईश्वरपुर नगरपालिकामा जाडोको सामग्री वितरण

नेपालब्रिटेन डट कम्
३० मंसिर २०८१, आईतवार १६:३७

सर्लाही । इस्लामिक रिलीफ बागमती सेवा समाज र ईश्वरपुर नगरपालिकाको संयोजनमा स्थानीयलाई जाडोको न्यानो लुगा वितरण गरिएको छ।

ईश्वरपुर नगरपालिकाका विभिन्न वडाका नागरिकलाई जाडोमा चिसोबाट बच्नका लागि आवश्यक राहत सामग्री वितरण गरिएको हो।

गत शुक्रबारदेखि वितरण सुरु गरिएको राहतकार्यअन्तर्गत साढे २ करोड रुपैयाँको लागतमा कम्बल, म्याट र अन्य अत्यावश्यक सामग्रीहरूको वितरण गरिएको छ।

जाडो महिनामा चिसो बढ्दै जाँदा इस्लामिक रिलीफ बागमती सेवा समाज र नगरपालिकाको सामूहिक प्रयासमा प्रभावित क्षेत्रका घरपरिवारलाई मेयर मनोज आचार्यले राहत वितरण गरेका हुन्।

राहत सामग्री वितरण कार्यक्रममा चिसोबाट बच्नका लागि आवश्यक म्याट र कम्बलको व्यवस्था गरिएको छ।

हाम्रो मुख्य उद्देश्य चिसोको कारणले प्रभावित नागरिकहरूको जीवनस्तर सुधार्नु र उनीहरूको कठिनाइलाई कम गर्नु हो, मेयर आचार्यले बताए।

सम्बन्धित राहतकार्य ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा प्राथमिकताका साथ सञ्चालन गरिएको थियो। यस कार्यक्रमबाट प्रभावित क्षेत्रका नागरिकहरूको दैनिकीमा केही हदसम्म सहजता आएको र भविष्यमा पनि यस्ता राहतकार्यहरू जारी राख्ने योजना बनाइएको छ।

सम्पूर्ण राहत वितरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र यसबाट प्रभावित समुदायमा सकारात्मक प्रभाव परेको विश्वास व्यक्त गरिएको छ।

मेयर आचार्यले स्थानीय जनहितको लागि हरेक वर्ष यस्ता राहतका प्याकेजहरू वितरण गर्दै आएका छन्।

धेरै पढिएको