३ माघ २०८१, बिहीबार
Follow Us

देउराली फाउन्डेसनको कार्यालय उद्घाटन

नेपालब्रिटेन डट कम्
२२ पुष २०८१, सोमबार २०:५०

ललितपुर शिक्षा, स्वास्थ्य, कृषि र संचार क्षेत्रमा सक्रिय परोपकारी संस्था देउराली फाउन्डेसनले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ।
आज, पुष २० गते झम्सिखेल स्थित होटल हार्मोनिमा एक विशेष समारोहको आयोजना गरि उक्त कार्यालयको उद्घाटन गरिएको हो।

समारोहमा फाउन्डेसनले अघिल्लो समय गरेका कार्यहरूको विवरण प्रस्तुत गरेको साथ-साथै आगामी कार्य योजनाको बारेमा पनि जानकारी दिएको थियो। कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्तिहरू र संस्थाका प्रतिनिधिहरूले देउराली फाउन्डेसनको परोपकारी कार्यको सराहना गर्दै आगामी योजनाहरू सफल बनाउन शुभकामना दिएका थिए।

फाउन्डेसनका अध्यक्ष भिम घिमिरेले आगामी दिनहरूमा ललितपुर जिल्लाको पुल्चोक स्थित नयाँ केन्द्रिय कार्यालयबाट संस्थाका सम्पूर्ण कार्यहरू सञ्चालन हुने जानकारी दिएका छन्। उनले भने, “हाम्रो उद्देश्य भनेको समुदायमा स्थायी र सकारात्मक परिवर्तन ल्याउनु हो, र यस कार्यमा अबदेखि हाम्रो कार्यालयको व्यवस्थापन र सञ्चालनलाई थप सुदृढ बनाउनेछौं।”

त्यसैगरी, कार्यालय उद्घाटनको सँगसँगै फाउन्डेसनले निशुल्क संचार तालिमको शुरुवात गरेको छ। उक्त तालिममा १५ जना पत्रकारिता अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूको सहभागिता रहेको छ। तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ र यसको उद्देश्य युवा प्रतिभाहरुलाई संचार क्षेत्रको आधारभूत सीप र ज्ञान प्रदान गर्नु हो।

फाउन्डेसनले यस तालिमको आयोजनासँगै आगामी समयहरूमा अन्य सामाजिक कार्यहरू पनि थप प्रगति गर्दै जाने विश्वास व्यक्त गरेको छ।