१० भाद्र २०८२, मंगलवार
Follow Us

सर्वदलीय बैठक राख्न माओवादीको सुझाव

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०८१, शुक्रबार १३:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वदलीय बैठक राख्न सुझाएको छ । संसदको गतिरोध अन्त्यका लागि भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यस्तो सुझाव राखेका हुन् ।

‘भोलि शनिबार छ। पछिल्लो अवस्थाबारे सभामुखले वा प्रधानमन्त्रीले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर अगाडि बढ्दा राम्रो हुन्छ’ पाण्डेले सभामुख देवराज घिमिरे उपस्थित बैठकमा भने। उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा लगायतका दलका प्रमुख सचेतकहरू समेत थिए ।

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग छ ।

धेरै पढिएको