काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।
यसअघि जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको उक्त आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो। जोशीलाई यसअघि जिल्ला अदालत रुपन्देहीले थुनामा पठाउने आदेश गरेको थियो ।