३ असार २०८२, मंगलवार
Follow Us

एनआरएनए एशिया क्षेत्रका सबै देशमा एमआईएस मार्फत सदस्यता वितरण

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८२, सोमबार ०७:३३

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया क्षेत्रभित्रका राष्ट्रिय समितिहरूले एमआईएस (मेम्बरशिप इनफर्मेशन सिस्टम) मार्फत सदस्यता वितरणलाई तीव्र बनाएका छन्। क्षेत्रीय उप–संयोजक दिपक कँडेलका अनुसार यस क्षेत्रका ९ राष्ट्रिय समितिहरूले अहिले एमआईएस प्रणाली प्रयोग गरी सदस्यता नविकरण र वितरण सुरू गरिसकेका छन्।

कँडेलका अनुसार संघको विधानअनुसार ती राष्ट्रिय समितिहरूले आगामी जुलाईको अन्तिम सातासम्म नयाँ कार्यसमिति गठनका लागि निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेका छन्। म्यानमार राष्ट्रिय समितिमा पनि एमआईएस मार्फत सदस्यता वितरण अघि बढिसकेको छ।

गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशन सन् २०२५ अक्टोबर ११ बाट काठमाडौंमा हुने भएकाले राष्ट्रिय समितिहरूले प्रतिनिधि चयन र आ–आफ्नो तयारी तीव्र पारेका छन्। संघको केन्द्रीय नेतृत्व चयन गर्न राष्ट्रिय समितिबाट प्रतिनिधि चयन हुनु संविधानिक व्यवस्था हो।

हालसम्म एमआईएस मार्फत सदस्यता वितरण सम्पन्न भएका एशिया क्षेत्रका देशहरू:

क्याम्बोडिया

चीन

हङकङ

जापान

मकाउ

मलेशिया

म्यानमार

दक्षिण कोरिया

थाईल्यान्ड