लण्डन । नेपाली कांग्रेसका शुभचिन्तकहरूको संस्था नेपाली जनसम्पर्क समिति, बेलायतले ‘सभापति कप’ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ।
शनिवार नमस्ते गोर्खा, फेल्थाममा सम्पन्न कार्यसमिति बैठकले समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम वितरण सुरु गर्ने निर्णयसमेत गरेको छ।
‘सभापति कप’ सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी नर्थ वेस्ट लण्डनका सभापति विशाल राई र वेस्ट लण्डनका सभापति निशान लिम्बुलाई दिने निर्णय भएको छ।
यस्तै, बैठकले विनोद योन्जनलाई नयाँ कोषाध्यक्षमा चयन गरेको छ। साथै, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध रही हालै बेलायत आएका सात जना व्यक्तिहरूलाई पनि विशेष स्वागत गरिएको छ।
बैठकमा जनसम्पर्क समितिका महामन्त्री तथा महासमिति सदस्य इन्द्रहाङ लिङ्देनले नेपाली कांग्रेस बेलायतको आधिकारिक वेबसाइट निर्माण भइसकेको जानकारी दिएका थिए।