२८ असार २०८२, शनिबार
Follow Us

विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षा मन्त्री पन्त

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८२, शनिबार ०७:५७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तिर्ण नभइ एनओसी दिने नहुने बताएका छन् । सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् ।

उनले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु नहुने बताए । उनले कक्षा १२ पास गर्दा उनीहरुको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताए ।

सबै राजनीतिक दलहरु एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको बताउँदै शिक्षा मन्त्री पन्तले डिप्लोमा नगरी विदेश अध्ययन गर्न जानेकुराले देशको भविष्य अन्धकार हुँदै गएको बताए ।

मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्ने बताए । मुलुक भित्रभित्रै खोक्रो बनिरहेको र त्यसलाई रिफर्म गर्ने शिक्षा मन्त्रालय रहेको बताए । विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने भन्नेमा आफू चिन्तित रहेको र राति निन्द्रासमेत नलाग्ने गरेको बताए ।

धेरै पढिएको