काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज बसेको सचिवालय बैठकले साउन ५ गते बस्ने गरी बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
त्यसअघि २ गते पोलिटब्युरो बैठक बस्ने उनले बताए। बैठकले विधान संशोधन प्रस्ताव तयार पार्ने बताए। एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म हुँदैछ ।
महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रस्ताव पेस गर्ने बताए ।