काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाली टोलीले अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने जनाएको हो ।
क्यानका अनुसार नेपाली टोलीले अस्ट्रेलियामा रहँदा टप इण्ड टि ट्वान्टी सिरिज खेल्नेछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने छ । नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्ने क्यानले जनाएको छ ।
विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ । अस्ट्रेलिया भ्रमणका क्रममा टोलीले डर्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस एरिनामा सिरिज खेल्नेछ ।
नेपालले सिरिज खेल्ने टोलीहरुको टुंगो भने लाग्न बाँकी रहेको क्यानले जनाएको छ ।