स्टकहोल्म, स्वीडेन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको आठौँ महाधिवेशन अन्तर्गत कार्यकारिणी समिति, सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको निर्वाचन आगामी १९ जुलाई २०२५ मा हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया जुलाई पहिलो सातादेखि सञ्चालन हुनेछ।
निर्वाचन समितिका संयोजक राजु न्यौपाने र उपसंयोजक प्रमानन्द शर्माद्वारा जारी सूचनामा उम्मेदवार दर्ता, नामावली प्रकाशन, दावी–विरोध र उम्मेदवारी फिर्तासम्बन्धी मिति र नियमहरू स्पष्ट गरिएको छ।
कार्यतालिका यसप्रकार
मनोनयनपत्र (उम्मेदवारी) दर्ता: १२ जुलाई
नामावली प्रकाशन: १२ जुलाई
उम्मेदवारी फिर्ता: १३–१४ जुलाई
दावी/विरोध: १३–१४ जुलाई
अन्तिम नामावली प्रकाशन: १५ जुलाई
उम्मेदवारी शुल्क
निर्वाचन समितिले तोकेको उम्मेदवारी दर्ता शुल्क यसप्रकार रहेको छ:
अध्यक्ष: २५०० SEK
उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक: २००० SEK
सदस्य: १००० SEK
अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य: २५०० SEK
उम्मेदवारले तोकिएको शुल्क एनआरएनए स्वीडेनको खातामा बुझाई त्यसको रशिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। बुझाइएको शुल्क फिर्ता नहुने पनि निर्वाचन समितिले जनाएको छ।
Swish Pay: 1230128405
Bankgiro: 581185-6
उम्मेदवारी दर्ता प्रक्रिया
स्टकहोल्ममा उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले निम्न मिति, समय र स्थानमा उपस्थित भई निर्वाचन ऐन २०२५ को दफा ९ अनुसार तोकिएको फारम भरी दर्ता गराउनु पर्नेछ:
मिति: १२ जुलाई २०२५
समय: दिउँसो १३:०० देखि १६:०० सम्म
स्थान: Sibeliusgången 32, 164 72 Kista
स्टकहोल्म बाहेक अन्य क्षेत्रका उम्मेदवारले पनि निर्वाचन ऐनको दफा ९ अनुसार तोकिएको फारम भरी १२ जुलाईसम्म निर्वाचन समितिमा आइपुग्ने गरी हुलाकमार्फत पठाउनुपर्नेछ।
उम्मेदवारी फारम र नियम
निर्वाचन ऐन २०२५ को दफा ९ अनुसार उम्मेदवारी फारममा १ जना प्रस्तावक र १ जना समर्थक अनिवार्य रूपमा हुनुपर्ने छ। निर्वाचन ऐनको दफा ८ र ९ बमोजिम प्रक्रिया नपुगेका तथा दफा ११ अनुसार बदर हुने भनिएका मनोनयनपत्रहरू स्विकृत नहुने निर्वाचन समितिले जनाएको छ।
समितिले सबै उम्मेदवारलाई निर्वाचन ऐन २०२५ ध्यानपूर्वक अध्ययन गरी तोकिएको अवधिमा आवश्यक कागजातसहित फारम बुझाउन आग्रह गरेको छ।
थप जानकारीका लागि
निर्वाचन प्रक्रिया र उम्मेदवारी दर्तासम्बन्धी थप जानकारीका लागि निर्वाचन समितिका निम्न पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ:
राजु न्यौपाने (संयोजक): 0735127712
प्रमानन्द शर्मा (उपसंयोजक): 0727809683
निर्वाचन समिति
गैर–आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, स्वीडेन