२४ असार २०८२, मंगलवार
Follow Us

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, एमाले नेताहरू पनि सहभागी

नेपालब्रिटेन संवाददाता
२२ असार २०८२, आईतवार १३:३५

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । आइतबार भण्डारी र बालेनबिच भेटवार्ता भएको हो ।

बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन । उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए ।

भण्डारीले हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । यससँगै उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा पनि छाडेकी छिन् ।

धेरै पढिएको