रियाद, साउदी अरब — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् साउदी अरबले यही आउँदो १८ जुलाई २०२५ मा हुने दशौं राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन प्रक्रिया प्रारम्भ गरेको छ।
निर्वाचन समितिले बिधानतः योग्यता पुगेका इच्छुक गैरआवासीय नेपालीहरुलाई तोकिएको निर्वाचन कार्यतालिका र आचारसंहिताको पालना गर्दै उम्मेदवारी दर्ता गर्न आग्रह गरेको छ। उम्मेदवारी फारम यही १० जुलाई २०२५ को बेलुकी ९:०० बजे भित्र आधिकारिक ईमेल ठेगाना [email protected] मा पठाइसक्नुपर्नेछ।
महाधिवेशन तथा निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका, उम्मेदवारी आवेदन फारम र आचारसंहिताका सम्पूर्ण जानकारी यसै सार्वजनिक सूचनासँग संलग्न गरिएका छन्।
आवेदनको मान्यता प्राप्त हुन उम्मेदवारले तोकिएको शुल्क सम्बन्धित बैंक खातामा अनिवार्यरूपमा जम्मा गर्नुपर्नेछ। निर्वाचन आचारसंहिता र बिधान प्रतिकूल उम्मेदवारी फारम अस्वीकृत भएमा बुझाइएको शुल्क फिर्ता नहुने व्यवस्था रहेको निर्वाचन समितिले स्पष्ट पारेको छ।
अधिक जानकारी र उम्मेदवारी सम्बन्धी आवश्यक दस्तावेजका लागि आधिकारिक सम्पर्क मार्फत जानकारी लिन सकिनेछ।
म्मेद्वारीका लागि सार्वजानिक सुचना:
———————————–
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको दशौं राष्ट्रिय महाधिवेशन (मिति १८ जुलाई २०२५) मार्फत आगामी कार्यकाल २०२५- २०२७ का लागि संस्थाको विभिन्न पदमा रहि कार्य गर्न ईच्छुक बिधानतः योग्यता पुगेको गैरआवासिय नेपालीहरुलाई निर्वाचन कार्यतालिका तथा आचारसंहिता बमोजिम आफ्नो उम्मेदवारि आवेदन यही १० जुलाई २०२५ बेलुकी ९.०० बजे भित्र महाधिवेशन निर्वाचन समितिको आधिकारिक ईमेलः [email protected] मा दिनुहुन यो सुचना जारी गर्दछौं। उम्मेद्बारीका लागि आवश्यक आवेदन फारमका साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको निर्वाचन कार्यतालिका तथा आचार संहिता सहितको जानकारी यसै सार्वजानिक सुचनाका साथ संलग्न गरिएको छ ।
उम्मेद्बारी आवेदन सङ्गै आबेदन शुल्क तल उल्लेखित बैंक खातामा जम्मा गर्नु पर्ने छ,आचार संहिता र बिधान प्रतिकुल अस्विकृत दर्खास्त फारम बापत बुझाइएको रकम फिर्ता हुने छैन ।
उम्मेदवारी शुल्क
——————-
• आइसिसि सदस्य: आइसिसिले निर्देशन गरे बमोजिम हुनेछ
• एनसिसि अध्यक्ष: 1500 साउदी रियल
• एनसिसि बरिष्ठ उपाध्यक्ष: 1200 साउदी रियाल
• एनसिसि उपाध्यक्ष: 1000 साउदी रियाल
• एनसिसि महासचिव: 1000 साउदी रियाल
• एनसिसि सचिव: 800 साउदी रियाल
• एनसिसि कोषाध्यक्ष: 800 साउदी रियाल
• एनसिसि सहकोषाध्यक्ष: 600 साउदी रियाल
• एनसिसि युवा संयोजक: 600 साउदी रियाल
• एनसिसि महिला संयोजक: 600 साउदी रियाल
• एनसिसि प्रवक्ता: 600 साउदी रियाल
• एनसिसि सदस्य: 500 साउदी रियाल
Name: Ram Bahadur Chhetri
Account No: 38457052000106
Iban No. SA18 1000 0038 4570 5200 0106
Bank Name: The Saudi National Bank
निर्वाचन समिति दशौं राष्ट्रिय महाधिवेशन २०२५
गैरआवासीय नेपाली संघ,
राष्ट्रीय समन्वय परिषद, साउदी अरेबिया