१० भाद्र २०८२, मंगलवार
Follow Us

पूर्वराजाका संवाद सचिव पाठक रिहा

नेपालब्रिटेन संवाददाता
२८ असार २०८२, शनिबार ०३:५९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक रिहा भएका छन् ।

संविधानविपरीतका गतिविधि गरेको आरोपमा पाठकलाई प्रहरीले शुक्रबार बिहान ८ बजे बालुवाटारबाट नियन्त्रणमा लिएको थियो । १२ घण्टाको केरकार र सोधपुछि पाठकलाई प्रहरीले साँझ आठ बजे रिहा गरेको हो ।

उनलाई र हिन्दु महासंघका अध्यक्ष अस्मिता भण्डारी समेतलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा विज्ञप्ति जारी गरी भिड जम्मा गरेको र पूर्वराजालाई कुन कानूनको आधारमा श्री ५महाराजाधिराज लेखेको भनी स्पष्टीकरण सोधिएको थियो ।

पूर्वराजा शाहका नाममा उनको सचिवालयले जारी गर्ने गरेका लिखित सूचना, जानकारी तथा सन्देशहरूमा श्री ५ महाराजधिराज शब्द प्रयोग हुँदै आएका छन् । त्यसको प्रचारप्रसार भने फणिराज पाठकले गर्दै आएका थिए ।

धेरै पढिएको