काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) चाँदीको मूल्य हालसम्मकै उच्च रहेको छ भने सुनको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८०० रुपैयाँले बढेर १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउमा भने नयाँ रेकर्ड बनेको छ चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २३२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।