२९ श्रावण २०८२, बिहीबार
Follow Us

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८२, बिहीबार १३:२६

काठमाडौं । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ गरेको छ । यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति हुन् भने यादव हड्डी र खरानी खरिद गर्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् । पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको