काठमाडौं । जिल्ला अदालत भक्तपुरले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश दिएको छ । आज (शुक्रबार) अदालतले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
धरौटी बुझाए लगत्तै उनी रिहा हुनेछन् । सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको थियो । २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप थियो ।
त्यसबेला सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको थियो ।