काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् ।
परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन मिश्री आइतबार बिहान ९ काठमाडौँ आइपुगेका हुन् ।
मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । मिश्रीले आजै प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, काँग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ । मिश्रीको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ ।