काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको तर्क गरेकी छन । आज (सोमबार) विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो तर्क गरेकी हुन ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन । कोही पनि छैन । यस विषयमा धेरै छलफल आवश्यक छैन । हिजो पनि एमाले भएकै कारण पार्टीले निर्णय गरेर राष्ट्रपति भएको हुँ ।’
राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको भन्दै उनले अगाडि भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’