४ भाद्र २०८२, बुधबार
Follow Us

पथरी वजारका होटल तथा लजमा यौन व्यावसाय

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८२, बुधबार १३:३२

मोरङ। पथरी वजारका होटल तथा लजमा यौन व्यावसाय हुने गरेको प्रमाण बाहिर आएको छ । पथरी शनिश्चरेका धेरै होटल तथा लजमा युवती राखेरै यौन जन्य कार्य गरिरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा एक जोडीलाई पक्राउ गरेको छ ।

पथरी हाइवेलाइनमा रहेको होटल नाल्वोवाट एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पथरी वजारका करिव एक दर्जन होटल तथा लजमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका युवती नावालिका रहेको समेत प्रहरीले जनाएको छ । होटलले नै युवती राखेको हो कि दुइ जना एक आपसमा सहमतीमा सो कार्यमा संलग्नता बारेम भने प्रहरीले बताएको छैन् ।

तिन वर्ष अघि पनि चाम्लिङ्ग होटल वाट दुई युवती र दुई पु्रुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने होटल मालिकलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको थियो । पथरी शनिश्चरेका अघिकासं होटल तथा लजमा सो कार्य हुने गरेको व्यापक जन गुनासो रहेको छ ।

धेरै पढिएको