काठमाडौं । हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको माग गर्दै इजलायल पुगेका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बिहीबार राति स्वदेश फर्केका छन ।
बहिनी पुष्पाले स्वदेश फर्केपछि पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेकाले सकारात्मक परिणाम आउने अपेक्षा प्रकट गरेकी छन् । राष्ट्रपति आइज्याक हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएकाले आशावादी रहेको उनको भनाइ छ ।
झन्डै दुई वर्षदेखि प्यालेस्टिनी समूहको नियन्त्रणमा रहेको विश्वास गरिएका जोशीको रिहाइका लागि पहल गर्न दुबैजना दश दिनअघि इजरायल गएका थिए । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका थिए । उनीहरुले राष्ट्रपति हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँगको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन ।
भ्रमणका क्रममा उनीहरुले रिहाइको पहल गर्नका लागि सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् । कृषिका विद्यार्थी विपिन सिक्दै कमाउँदै कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।
सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।