८ भाद्र २०८२, आईतवार
Follow Us

नाउपाबाट गत निर्वाचनका उम्मेदवारले त्यागे पार्टी, जनमत पार्टीमा प्रवेश

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८२, आईतवार १४:०६

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही– ३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही–१ बाट उठेका उम्मेदवारलाई पार्टीमा प्रवेश गराएको छ ।

गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार रहेका धनिराम चौधरी आज (आइतबार) सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन । गत निर्वाचनमा रुपन्देही–१ मा उनले १३ हजार ९६२ मत सहित चौथो बनेका थिए ।

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा जनमतको उम्मेदवार बनाउनेगरी चौधरीलाई जनमतमा अध्यक्ष राउतले आइतबार पार्टी प्रवेश गराएका हुन् । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार बनाउने गरी थारुलाई पार्टी प्रवेश गराइएको हो ।

धेरै पढिएको