काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भेट्न उनको निवास ललितपुरको हरिसिद्धि पुगेका छन् ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले प्रचण्ड र विप्लवबीच बिहान सवा १० बजेदेखि छलफल सुरू भएको जानकारी दिए । श्रोतका अनुसार प्रचण्डले विप्लवलाई पार्टी एकताको प्रस्ताव राखेका छन् ।
केही समयअघि बसेको माओवादी स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । विप्लवले प्रचण्डलाई आफ्नो कुर्सीमा बसाएका छन् । विप्लव प्रचण्डका स्वकीय सचिव आचार्यसँगै सोफामा बसेका छन् ।