९ भाद्र २०८२, सोमबार
Follow Us

जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा होटेल सञ्चालक पक्राउ

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार ०५:३४

काठमाडौँ । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम-२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

राइनविरुद्ध मानव बेचबिखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । “प्रमाण संकलनको काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक सिंहले भने ।

राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ । आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताए । “आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको छ”, उनले भने ।

धेरै पढिएको