९ भाद्र २०८२, सोमबार
Follow Us

दुई छोरीलाई करणी गर्न खोज्ने बाबु पक्राउ

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार ०५:३७

गोरखा । आफ्नै छोरी र दाईको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिकाका ३ का ३४ वर्षीय (नाम परिवर्तित) ज कुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिए ।

उनका अनुसार भदौ ४ गते बुधबार बेलुका आफ्नै छोरी र दाईको छोरीलाई घरमै सुतिरहेको अवस्थामा जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पीडित बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ज कुमारलाई लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

ज कुमारलाई हाडनातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा आइतबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार आफ्नै बुबा छोरी भएकाले नाम गोप्य राखिएको हो ।

धेरै पढिएको