९ भाद्र २०८२, सोमबार
Follow Us

बीरगञ्जका ७१ जनामा हैजा संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार ०५:३७

वीरगञ्ज । वीरगन्जका दर्जनभन्दा बढी अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचार गराइरहेका छन् । तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार हिजो आइतबार साँझ ७ बजेसम्मको तथ्यांकमा ७१ जनामा हैजा प्रमाणित भएको हो । संक्रमित पुष्टि भएकामध्ये सबैभन्दा धेरै बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन् । यस्तै तराई अस्पताल, नेसनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल, अली अर्थो अस्पताल, नारायणी सेन्टर अस्पताल र मंगलम डाइग्नोस्टिक सेन्टरमा पनि बिरामीहरू भर्ना गरिएका छन् । वीरगन्जका प्रायः सबै अस्पतालमा अहिले झाडापखालाका बिरामी भर्ना छन् ।

यसैबीच, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।

धेरै पढिएको