काठमाडौं । रुबीकुमारी साह सुडीको हत्या गरेको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको बुधबार अराह्न ५:५५ बजे मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख अपिल बोहराले जानकारी दिए ।
लक्ष्मण आज बिहान जलेको अवस्थामा पक्राउ परेका थिए । अवस्था गम्भीर देखिएपछि उनलाई आजै उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएको थियाे ।
गरुडामा उपचार सम्भव नदेखिएपछि पासवानलाई थप उपचारका लागि बर्न हस्पिटल कीर्तिपुर रिफर गरिएको थियाे ।