१७ भाद्र २०८२, मंगलवार
Follow Us

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०८२, मंगलवार ०६:०५

काठमाडौं । शाङ्घाई सहयोग संगठन एससिओको शिखर सम्मेलनमा सहभागी हुन चीन मा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार औपचारिक भेटवार्ता भएको छ ।

पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार–लगानी, र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा विभिन्न क्षेत्रीय र बहुपक्षीय विषयमा समन्वय र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउन जोड दिइएको पनि सचिवालयले उल्लेख गरेको छ । थियानचिन स्थित मेइक्याङ सम्मेलन केन्द्रमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो ।

शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता समेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषय पनि उठान गरेका थिए ।

धेरै पढिएको