काठमाडौं । गत सोमबार र मंगलबार भएको जेन–जी समुहको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उक्त प्रदर्शनमा मृतकको संख्या ५१ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।