काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए । पीडित महिलाका अनुसार, अभियुक्तले उनका श्रीमान्लाई खाबोमा बाँधेर बलात्कार गरेका थिए ।
इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त टोलीले आइतबार साँझ थिङलाई पक्राउ गरेको हो । पीडित महिलालाई हाल हेटौँडास्थित हिंसा पीडित महिलाका लागि रहेको सुरक्षित आवास गृहमा राखिएको छ ।