२८ आश्विन २०८२, मंगलवार
Follow Us

अब गगन थापाले हस्तक्षेप नगरे कांग्रेस सकिन्छ : गेजा वाग्ले

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार २२:४१

लण्डन । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले लोकतन्त्रको भविष्य सुरक्षित गर्न राजनीतिक दलहरूमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन्।

नेपालबाट प्रशारित एपी वान टेलिभिजनसँगको एक अन्तर्वार्तामा वाग्लेले लोकतन्त्र र संविधानको रक्षा गर्न ठूला दलहरू पुनर्गठन हुनुपर्नेमा जोड दिए।

उनका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वेच्छिक रूपमा नेतृत्व त्यागेर नयाँ पुस्तालाई मार्ग दिनु जरुरी छ। वाग्लेले भने, “पार्टी महामन्त्री गगन थापाले पुनर्गठन र आत्मआलोचनाको कुरा गर्नुभएको छ। उहाँले नेतृत्व परिवर्तन मात्र होइन, पार्टीलाई मार्गदर्शन गर्ने कार्य पनि गर्नुभएको छ। अब नेतृत्व गगन थापाको पुस्तामा हस्तान्तरण हुनु पर्छ।”

वाग्लेले चेतावनी दिँदै भने, “यदि गगन वा उनको पुस्ताले नेतृत्व लिन सकेन भने लोकतन्त्र, संविधान र नेपाली कांग्रेसकै भविष्य समाप्त हुन्छ।”

उनले गगन थापासमेतसँग धेरै समय नभएको उल्लेख गर्दै अहिले कांग्रेस “डु वा डाइ” (Do or Die) को अवस्थामा पुगेको बताए। उनका अनुसार, गगन थापाले अब पार्टीभित्र निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नैपर्छ।

धेरै पढिएको