३ आश्विन २०८२, शुक्रबार
Follow Us

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई जाने राष्ट्रिय टोलीको विदाई

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८२, शुक्रबार ०३:३१

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ ।

बिहीबार त्रि.वि. क्रिकेट मैदान किर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रमा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेका हुन् ।

नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । खेल आगामी असोज ११, १३ र १४ गते हुनेछ । यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ ।

छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताए ।

विदाई कार्यक्रम अघि त्रि.वि. मैदान कीर्तिपुरमा जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए । आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको थियो ।

धेरै पढिएको