२५ आश्विन २०८२, शनिबार
Follow Us

यथास्थिति, विधि र यही अनुहार लिएर काँग्रेस जनतामा जान सक्दैन : अर्जुननरसिंह केसी

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८२, शनिबार ११:१८

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस जनतामा जान नसक्ने बताएका छन्। शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

पार्टीको विधि, पद्धति, र अनुहार लिएर जनताको बीचमा काँग्रेस स्थापित हुन नसक्ने जिकिर गरे। उनले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेकोसमेत बताएका छन् । उनले युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। ‘ऊर्जाशील समूहलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्छ। समग्र रूपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ।’ उनले भने

उनले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा सम्मानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

धेरै पढिएको