२५ आश्विन २०८२, शनिबार
Follow Us

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८२, शनिबार ११:१५

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेल विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचार भइरहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ। हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ ।’

शनिबार जेन जेड प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका थिए।

धेरै पढिएको