२६ आश्विन २०८२, आईतवार
Follow Us

सुनसरीमा एक जनाको गोली हानी हत्या

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०८२, आईतवार ०५:१९

इटहरी । सुनसरीमा एक सफरी चालकको हत्या भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटीमा शनिबार साँझ साढे ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको छातीमा गोली हानेको जस्तो दाग छ ।

कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी रोकेर चालकलाई मोटरसाइकलमा आएको ३ जनाको टोलीले हत्या गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।

सडकमा रोकेर राखेको सिटी सफारीबाट करिब २०० मिटर टाढा चालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिएका छन ।

धेरै पढिएको