काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोजनमा आज उनको बयान लिने काम सकिएको अदालतले जनाएको छ । अदालतका अनुसार, महराविरुद्धको रिट निवेदनमा भोलि थुनछेक बहस हुनेछ ।
अभियोजनमा उल्लेख भएको बयान अनुसार, उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् । चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।