रुपन्देही । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्ने क्रममै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।
अचानक ढल्नुभएको गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु-याईएकोमा त्यहाँ उहाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए ।
धर्ना कार्यक्रममा बोल्दै उनी मजदुरमाथि अन्याय भएको भन्दै केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।