८ मंसिर २०८२, सोमबार
Follow Us

काठमाडौं महानगरद्वारा २ हजार बढी कुकुरको बन्ध्याकरण

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८२, सोमबार ०४:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापन तथा पशु कल्याण अभियानअन्तर्गत छोटो समयमै २ हजार ८३ वटा कुकुरको बन्ध्याकरण सम्पन्न गरेको छ । गत कात्तिक १४ गतेदेखि सुरु भएको यो अभियानमा पशुकल्याणको क्षेत्रमा सक्रिय पाँचवटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको महानगरले जनाएको छ ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण अभियानको महानगरले नियमित अनुगमन गरिरहेको छ । पशु कल्याणको मापदण्ड पालना भए–नभएको विषयमा महानगर सचेत रहेको उनले प्रष्ट पारे ।

‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ,’ न्यौपानेले भने, ‘प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’

धेरै पढिएको