२३ पुष २०८२, बुधबार
Follow Us

बेलायतमा “गौरी शंकर” नेपाली चलचित्र प्रदर्शन हुदै

नेपालब्रिटेन संवाददाता
२० पुष २०८२, आईतवार २२:४२

लन्डन । बेलायतमा नेपाली चलचित्र “गौरी शंकर”’ प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र “गौरी शंकर”को पहिलो शो अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ।जनवरी २५ आईतवार दिनको ३ बजे हुने भएको हो।

नेपाली चलचित्र “गौरी शंकर” नेपालमा छायांकन भई आउदो महा-शिबरात्रिको अवसर पारेर नेपालमा भब्य रिलिज हुने तयारीमा रहेको छ।

उक्त नेपाली चलचित्र हाम्रै स्थानीय अभिनेत्री शोभा राणा पोखरेल सहित निर्देशक/अभिनेता आर बि खत्री, अभिनेता बिनोद श्रेष्ठ लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ। हाम्रो आफ्नै स्थानीय अभिनेत्रीले अभिनय गरेको यस चलचित्र आफ्ना नेपाली आमा बुवा, दाजूभाई तथा दिदिबहिनिहरुका माँझ ल्याउने जमर्को गरेका छौँ। नेपाली समसामयिक बिषयमा आधारित यस चलचित्रले नेपाली कला, संस्कृति र बिशेष गरि नेपाली सिने जगतमा एउटा एतिहासिक उर्जा थप्ने कार्य गरेको छ। साना नानी बाबु देखि सिनियर आमा बुवा समेतले हेर्न र रमाउन मिल्ने यस चलचित्रले नेपाली कला र संस्कृतिको जगेर्नाका लागि महत्वपूर्ण जिम्मेवारी बहन गरेको व्यहोरा जानकारीका साथ यस चलचित्र एकपटक अवस्य हेरी मायाँ गरिदिनु हुन् तथा नेपाली कलालाई हौसला प्रदान गर्न यहाँहरुको सहयोगको अपेक्षा गरेका छौँ । यस चलचित्र वेल्सको कार्डिफ सहरमा भब्य प्रदर्शन संगै दर्शकहरुको मन जित्न सफल भएको छ।

चलचित्रलाई धेरै भन्दा धेरै नेपालीहरुका माझ पुर्याउने उद्देश्य सहित आगामी २५ जनवरी आईतवारका दिन अल्डरसटमा प्रदर्शनको भब्य तयारी भएको छ। तसर्थ चलचित्र प्रदर्शनका लागि यहाँ र यहाँको साथीभाई ईस्ट मित्र एवं आबद्द रहनु भएको संस्थाले प्रचार प्रसारमा सहयोग सहित यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। यसका साथै यहाँको अनलाईन पत्रिकामा चलचित्र शो सम्बन्धमा समाचार सम्प्रेषण गरिदिनु हुन् समेत हार्दिक अनुरोध गर्दछौ।

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी तलको लिंकमा उपलब्ध छ:
https://www.tickettailor.com/events/rcshobha/2000328

कार्यक्रम मिति: जनवरी २५ २०२६ – आईतवार
स्थान: Empire Banqueting & Hall अल्डरसट
समय: दिनको ३ बजे

“गौरी शंकर” परिवार

धेरै पढिएको