२२ भाद्र २०८२, आईतवार
Follow Us

परराष्ट्रमन्त्री साउदद्धारा एनआरएनए एकताको स्वागत

नेपालब्रिटेन संवाददाता
३ असार २०८०, आईतवार १४:३९

लण्डन । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघभित्र भएको एकताको स्वागत गरेका छन् ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग भेटमा परराष्ट्रमन्त्री साउदले एकताको सहमति अत्यन्तै सकारात्मक भएको भन्दै खुशी व्यक्त गरे।

मन्त्री साउदले मेलमिलाप नै उत्तम विकल्प भएकोले आगामी दिनमा विगतका नजिर नदोहोर्याउन संघको विधानलाई अक्षरशः पालना गर्न आग्रह गरे ।

भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले गैरआवासीय नेपाली संघ र १० औँ महाधिवेशनपछि असन्तुष्ट पक्षबीच भएको एकताको सहमतिबारे जानकारी गराएका थिए।

सोही अवसरमा कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजनाका लागि सदाझैँ परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे ।

सोही अवसरमा कार्यकारी अध्यक्ष डा केसीले विश्व सम्मेलनकै अवसरमा आयोजना हुने तेस्रो विज्ञ सम्मेलन तथा पहिलो युवा सम्मेलन नेपाल सरकारकै सहकार्यमा गर्न समेत मन्त्री साउदलाई अनुरोध गरिएको थियो ।

धेरै पढिएको