२ माघ २०८२, शुक्रबार
Follow Us

गगन पक्षका भनिएका ८८५ जना हस्ताक्षरकर्ता फर्किएका छन् : पूर्णबहादुर खड्का

नेपालब्रिटेन संवाददाता
२ माघ २०८२, शुक्रबार ०६:३१

काठमाडौं । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताए ।

शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८ सय ८५ हस्ताक्षरकर्ताहरुले हस्ताक्षर फिर्ता लिएको बताए । हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको उनले बताए । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उनको भनाइ छ ।

उनले भने, ‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्ने खालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाएका छन् । मुख्यसचिवसँग भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।

धेरै पढिएको